दार्चुला–१ मा एमालेका महरा विजयी
दार्चुला–१ मा एमालेका महरा विजयी
दार्चुला, ३१ वैशाख : दार्चुलाको महाकाली नगरपालिकाको वडा नम्बर १ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। खसेको १३७२ मतगणना सम्पन्न हुँदा एमाले उम्मेदवार मोहन सिह महराले ७२१ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले ५९७ मत प्राप्त गरे।
यस्तै नगरप्रमुखमा एमालेले ७२६ मत प्राप्त गर्दा गठबन्धनको तर्फबाट कांग्रेस उम्मेदवारले ६०७ मत प्राप्त गरेका छन्। उपप्रमुखमा एमाले ७१४ मत प्राप्त गर्दा गठबन्धनलाई ६०९ मत प्राप्त भएको छ।