कैलालीको कैलारीमा राप्रपाको अग्रता
कैलालीको कैलारीमा राप्रपाको अग्रता
३१ वैशाख, धनगढी । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी९राप्रपा०का उम्मेदवारले अग्रता लिएका छन् ।
वडा नम्बर १ को ५०० मत गणना सकिंदा राप्रपाका उम्मेदवार होमबहादुर गुरुङले १८३ मत पाएका छन् । उनीपछि कांग्रेसका बागी उम्मेदवार रामसमझ चौधरीले १४० मत पाएका छन् भने गठबन्धनका आधिकारिक उम्मेदवार माओवादी केन्द्रका लाजुराम चौधरीले १०० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा पनि राप्रपाकै उम्मेदवारले १६३ मतका साथ अग्रता लिएका छन् भने गठबन्धनकी उम्मेदवारले ११५ मत पाएकी छन् ।