कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै
कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै
गोदावरीमा काँग्रेस मेयर पदमा २३२ मतले अगाढी, उपमेयरमा २६१ मतले एमालेको अग्रता
कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ । गएराती देखी वडा नम्बर १ र १२ को मतगणना जारी रहेको छ । दुबै वडामा मेयर पदमा कांग्रेसका उम्मेदवार अगाडी रहेका छन ।
पछिल्लो मत परिणामा अनुसार काँग्रेसका मेयरका उम्मेदवार बिरेन्द्र भट्ट २३२ मतले अगाढी देखिएका छन । काँग्रेसका उम्मेदवार भट्टले १२१० मत पाएका छन । यस्तै नेकपा एमालेका उम्मेदवार गोकर्ण भट्टले ९७८ मत पाएका छन । उता उपमेयरमा भने नेकपा एमाले अगाढी देखिएको छ ।
एमालेका उपमेयरका उम्मेदवार शारदा देबी रोकायाले ९३९ मत पाएकी छन । गठबन्धनकी उपेमयरकी उम्मेदवार रत्ना कडायतले ६७८ मत पाएकी छन । मत गणना वडा नम्बर ५ को कार्यालय गेटामा दुई ठाउँमा भईरहेको गोदावरी निर्बाचन अधिकृतको कार्यालयले जनाएको छ ।