कैलारीमा गठबन्धन क्लियर देखिनँ, आफ्नै पार्टीका उम्मेद्वारलाई भोट दिनु: प्रचण्ड
कैलारीमा गठबन्धन क्लियर देखिनँ, आफ्नै पार्टीका उम्मेद्वारलाई भोट दिनु: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कैलालीमा पालिका बाँडफाँड गर्दा गठबन्धनबीच भएको सहमति विपरित मत मागेका छन् ।
कैलालीको कैलारी गाउँपालिकामा सोमबार आयोजित चुनावी सभामा बोल्दै उनले गठबन्धनले कारबाही गर्ने निर्णय गरेका उम्मेदवारलाई भोट मागेका हुन् ।
यसअघि माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच आसन्न स्थानीय तहको चुनाव लक्षित गरी भएको गठबन्धनले उपाध्यक्ष उम्मेदवार लक्ष्मी सत्गौवा थारुलाई कारबाही गर्ने निर्णय गरेको थियो ।
प्रचण्डले सोमबार विहान उनलाई भोट हाली जिताउन आग्रह गरेका हुन् ।
‘हाम्रो पार्टीका अध्यक्षका उमेद्वार लाजुराम चौधरी र उपाध्यक्षका उम्मेद्वार लक्ष्मी सद्गौवा लगायतको टीमलाई अत्याधिक वहुमतले विजय गराउन म अनुरोध गर्छु,’ उनले भने ।
गठबन्धनका दलहरुले कैलालीका १३ स्थानीय तहमा सिट बाँडफाँड गर्दा कैलारी गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रलाई र उपाध्यक्ष काँग्रेसको भागमा परेको थियो ।
सत्गौवाले माओवादी केन्द्रबाटै उम्मेदवारी दिएकी छन् ।
‘गठबन्धन अझै पनि क्लियर भएको मैले देखिन । जुनसुकै रुपमा अगाडी आएपनि हाम्रो पार्टीका उम्मेद्वारलाई जिताउन अनुरोध गर्छु,’ उनले भने ।
यहा कांग्रेसले दिएको उम्म्ेद्वारी खारेज नगरे एक्लै चुनाव लड्नुपर्ने प्रचण्डले बताए । धोका र षड्यन्त्र स्वीकार्य नहुने उनको भनाई छ ।