देउवालाई शर्माले यसरी सुनाए एमालेभन्दा काँग्रेस बलियो रहेको हिसाब
देउवालाई शर्माले यसरी सुनाए एमालेभन्दा काँग्रेस बलियो रहेको हिसाब
‘२९३ पालिका प्रमुख एमालेले जित्दै गर्दा माधव नेपाल, झलनाथ खनाल र वामदेव गौतम पनि हुनुहुन्थ्यो । आज कहाँ हुनुहुन्छ उहाँहरु ?’ शर्माको प्रश्न छ, ‘दुई पूर्वप्रधानमन्त्री र एक पूर्व उपप्रधानमन्त्री त्यो २९३ प्रमुख जितेको पार्टीमा हुनुहुन्न । अनि कसरी एमाले बलियो भयो ?’
यस्तै एमाले बलियो हुँदाको परिणाम के भयो भन्ने हिसाब किताब जनताले गरिरहेको शर्माले बताए । ‘एमाले बलियो हुँदा के भयो तीन वर्ष ? सत्तामा गइसकेपछि संविधान विरोधी एकपछि अर्को कर्म भएको छ । एमाले पहिलेको भन्दा खुइलीसक्यो’ उनी भन्छन् ।
एमाले पहिलेकै रुपमा छ भन्ने केपी ओलीको भाषणको भ्रममा पर्न नहुने शर्माले बताए । ‘हामीले चुनावी तालमेल गरेर जाने हो । तालमेल गरौं’ उनले भने, ‘तर तालमेल गर्दा एमाले बलियो छ, त्यसैले तालमेल हुन्छ भन्ने विल्कुल होइन । एमाले बलियो छैन, बलियोको भ्रम दिन एमाले सफल छ ।