नेप्से ३० अंकले घट्यो
नेप्से ३० अंकले घट्यो
सोमबार नेप्सेका १३ उपसमूहमध्ये १३ वटै उपसमूहको परिसूचक राताम्मे देखिएको छ। जसमध्ये वित्त, जीवन बिमा, निर्जीवन बिमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, लगानी र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।
सोमबार नेप्से परिसूचकमा गिरावट आए पनि दुईवटा कम्पनीको सेयर मूल्य भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, आजदेखि दोस्रो बजारमा कारोबार सुरु भएको नेस्डाे समृद्ध लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा बढीले बढेको छ। यता सानिमा लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, ग्रिनलाइफ हाइड्रोपावर र प्रभु लाइफ इन्स्योरेन्सको सेयरमूल्य भने ४ प्रतिशतभन्दा बढीले घटेको छ।