फ्लोरिकल्चर एशोसिएसनको साधारणसभा सम्पन्न,नयाँ कार्यसमिति चयन
फ्लोरिकल्चर एशोसिएसनको साधारणसभा सम्पन्न,नयाँ कार्यसमिति चयन
तामाङले कुल १३१ मत प्राप्त गरी अध्यक्ष निर्वाचित भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी रामजी प्रसाद तिमिल्सिनाले ५२ मत प्राप्त मात्रै प्राप्त गरेका थिए । यसैगरी महासचिवमा विश्वमणी पोख्रेल र सचिवमा हिरामणी शर्मा लगायत निर्विरोध भएका छन् भने वरिष्ठ उपाध्यक्ष पदमा १३२ मतसहित शिवबहादुर खड्का विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रदिप खड्काले ४४ मत मात्रै प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा सिताराम पन्त विजयी भएका छन् । उनले ९६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी महेन्द्रबहादुर सुवेदीले ७७ मत प्राप्त गरेका थिए । त्यस्तै, कोषाध्यक्षमा प्रतिस्पर्धी सुशिल खड्कालाई एक पतले पछि पार्दै ८९ मत प्राप्त गर्दै रामबहादुर तामाङविजयी भएका छन्।