दरबार हत्याकाण्डको बृत्तान्त : विवेक शाह
दरबार हत्याकाण्डको बृत्तान्त : विवेक शाह
यसपछि केका लागि पोस्टमार्टम गर्ने भन्ने धेरैको तर्क आयो । सोही अनुसार पोस्टमार्टम नगर्ने कुरा तय भयो । त्यो बेलाको परिस्थिति नै कस्तो थियो भने तत्काल जेजे आइपर्छ, त्यति बेला मनमा जे विचार आउँछ, यो सही भन्ने लाग्यो भने तत्कालै निर्णय लिनुपर्दथ्यो ।
यस्ता कुराको निर्णय लिने को हो त ? यसको इन्चार्ज हुने कुरा नै भएन । नयाँ राजाको घोषणा गर्न भने सबैभन्दा महङ्खवपूर्ण भूमिका राजपरिषद्को हुने भयो । त्यसैले शनिबार बिहानै राजपरिषद्को बैठक बोलाइयो । बैठकले राजा वीरेन्द्रको स्वर्गारोहण भएको घोषणा गर्नुका साथै नेपालको राजकीय परम्परा अनुसार होसमा नभए पनि युवराजाधिराज दीपेन्द स्वर्गे नभएकाले सरकारलाई नै राजा बनाउने निर्णय गर्यो ।
(तत्कालीन सैनिक सचिव शाहद्वारा लिखित मैले देखेको दरबारबाट)