रोजगार बैंकका कमाण्डरनै काम खोज्दै भारततिर
रोजगार बैंकका कमाण्डरनै काम खोज्दै भारततिर
रोजगार बैंकका कमाण्डरनै, रोजगार खोज्दै भारततिर
रोजगार बंैकमा काम गर्दा जिबीकोपार्जन गर्न हम्मे हम्मे भएको भन्दै २० जनाको समुहको नेतृत्व गर्ने कार्यदलका व्यवस्थापक समेत रोजगारी खोज्दै भारततिर लागेका छन् । पूर्व जनमुक्ति सेनाका लडाकु समेत रहेका व्यवस्थापक रास्कोट १ लहरेलाका अरुण शाही (निमार्ण) कार्यदल छाडेर उनी सहित तीन जना व्यवस्थापक रोजगारी खोज्दै भारतमा गएका छन् । श्रमरोजगार बैंकमा काम गर्दा परिवार समेत पाल्न नसक्ने हुदा रोजगारीका लागी भारततिर लागेको उनले बताए ।
‘नगरपलिकाले बेरोजगारीहरुको व्यवस्थापन राम्रै गरेको हो । तर, स्रोतले धानेन, दोष नगरको छैन ।’ उनले भने हप्तामा दुई दिन काम पाइन्छ भने, पाँच दिन खाली वस्नु भन्दा नियमित रोजगारीका लागी आफुले छाडेको व्यवस्थापक निर्माणले बताए । पूर्व लडाकु निर्माण जनयुद्धका घाइते पनि हुन् । उनले जनयुद्धमै आफ्ना दाई समेत गुमाएका थिए ।
नगरपालिकाले घरको आँगनमै रोजगार दिन सुरु गरेको थाहा पाएपछी रास्कोट –२ का रामराज उपाध्याय भारतको नैनितालबाट घर फर्केका थिए । विदेशमा अर्काको गुलामी गर्नु भन्दा स्वदेशमै आफ्नै गाउँमा काम गरी पसिना बगाउनु पर्छ भनी गाउँ फर्केर श्रमरोजगार वंैकमा रोजगारीमा लागेका रामराज जस्तै युवाहरु अहिले कामको खोजिमा कोही भारततिर लागेका छन भने, कोही बेरोजगार छन ।
यस अगाडी जिल्लाको पलाँता गाउँपालिकाले पनि गाउँपालिकामा कार्यदल निर्माण गरी रोजगारी दिन सुरु गरेको थियो । अहिले पलाँतामा पनी बनेको कार्यदल केन्दिकृत नभएर विकेन्द्रिकृत अवस्थामा छ ।