प्रधानमन्त्रीलाई कारवाही गर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह
प्रधानमन्त्रीलाई कारवाही गर्न निर्वाचन आयोगलाई प्रचण्डको आग्रह
प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले विज्ञप्ति सार्वजनिक गर्दै निर्वाचन आयोगसमक्ष प्रधानमन्त्रीलाई कारवाही गर्न अनुरोध गरेका हुन्। प्रधानमन्त्रीको वक्तव्यले आचारसंहितको गम्भीर उलंघन भएको ठहर विज्ञप्तिमा गरिएको छ ।
‘मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदातालाई दिएको धम्कीले आचारसंहिताको गम्भीर उलङ्घन भएको छ’, महराले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारवाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु।’
विज्ञप्तिमा जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको विषयमा निर्वाचन आयोगले सचेत गराएकोसमेत उल्लेख गरिएको छ ।