स्वास्थ्य सामाग्री खरिदसँगै कूटनीतिक पहलकदमीको जिम्मेवारी पनि उपप्रधानमन्त्रीको हाे ?
स्वास्थ्य सामाग्री खरिदसँगै कूटनीतिक पहलकदमीको जिम्मेवारी पनि उपप्रधानमन्त्रीको हाे ?
नेपालमा कोभिड संक्रमण बढिरहेका बेला नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत सहयोगका लागि कुटनीतिक पहल गरिरहेको भनिए पनि उपप्रधानमन्त्री कार्यालयले नै अधिक रूपमा छलफल अघि बढाएको देखिन्छ । स्वास्थ्य मन्त्रालयलको होस या परराष्ट्रको दुवै क्षेत्रको काममा उनी अग्रसर हुनुमा स्वास्थ्यको औषधि खरिदको विषयमा विवाद भएपछि हो भने परराष्ट्रमन्त्रीको पहलकदमी फितलो भएपछि उनी आफैँ अघि बढेको एक अधिकारीले बताए ।
तर राज्यको सम्वन्धित निकायको उपस्थिती नरहने र सिधै उपप्रधानमन्त्रीको कार्यालयबाट नै छलफल हुने कामले कूटनीतिमा अलमल हुने र उनीहरूले पनि सिधै सम्पर्क परराष्ट्रभन्दा बाहिरकाबाट गर्ने स्पष्ट हुन्छ । त्यस्तो स्थान नदिन कूटनीतिक पहलकदमी परराष्ट्र मन्त्रालयबाट नै हुनुपर्छ । मन्त्रालयको नेतृत्व कमजोर भएको हो भने त्यो जिम्मेवारी अर्कोलाई सुम्पिनु पनि आवश्यक हुन्छ ।