आमा बन्न लागेकी हुन् प्रियंका कार्की ?
आमा बन्न लागेकी हुन् प्रियंका कार्की ?
विवाहपछि प्रियंका र आयुशमान भैसीपाटीमा खरिद गरेको नयाँ घरमा बस्दै आएका थिए । लकडाउनको क्रममा उनीहरु घरेलु जीवनमै मग्न रहे । यी सबै कुराको बेलिबिस्तार लगाउनुको कारण के भने, अहिले प्रियंका गर्भवती भएकी छिन् । यो कुरा उनले आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेकी हुन् । श्रीमान आयुशमानसँगै खिचाएको श्यामश्वेत तस्वीरमा उनको बेबी बम्पसमेत देखिएको छ । तस्वीरमा प्रियंका मस्त हाँसेकी छिन् भने, आयुशमान मख्ख छन् । प्रियंका लेख्छिन्, ‘यु क्यान स्टप आस्किङ नाउ । यस, वि आर प्रेग्नेन्ट ।’
उनको यो खुलासासँगै त्यसमा प्रतिक्रिया दिनेहरुको ताँती लागेको छ । धेरैले उनलाई बधाई दिएका छन् । कतिले लेखेका छन्, ‘दुबै जना पो ?’ खासमा प्रियंकाले ‘वि आर’ भनी गरेको सम्बोधनप्रति धेरैको ध्यान तानिएको छ । त्यसको अर्थमाथि पनि प्रतिक्रिया दिइरहेका छन् । एक जनाले लेखेका छन्, ‘गर्भवती हुनुमा दुबै जना अर्थात श्रीमान र श्रीमतीको सहभागिता हुने भएकाले ‘वि आर’ लेखिनु स्वभाविक हो ।’
जतिले प्रिंयकालाई बधाई दिएका छन्, उत्तिले नै ठट्टामा समेत उडाएका छन् ।