कोरोनाको जोखिम फेरि बढेको सरकारको ठहर : गृहले पठायो देशभर यस्तो सर्कुलर
कोरोनाको जोखिम फेरि बढेको सरकारको ठहर : गृहले पठायो देशभर यस्तो सर्कुलर
भारतीय सीमानाबाट नेपाल भित्रिनेको अनिवार्य तथ्यांक राख्न र ज्वरो नापेर शंकास्पद व्यक्तिलाई क्वारेन्टिनमा राख्न गृह मन्त्रालयले निर्देशन दिएको छ।
‘भीडभाड नगर्नूरनगराउनू, मास्क सेनिटाइजर अनिवार्य प्रयोग गर्न लगाउनू र नलाउनेलाई कारबाही गर्नु भनिएको छ’, प्रवक्ता बुढाले भने, ‘सीमानाबाट भित्रिनेको अनिवार्य तथ्यांक राख्न, स्वास्थ्य जाँच गराउने, शंकास्पद देखिए क्वारेन्टिनमा राख्ने, जिल्लाका क्वारेन्टिन तथा आइसोलेसन सेन्टर पुनः एक्टिभ बनाउन र सचेतनाका कार्यक्रम गर्न भनेका छौं।’
गृहको सर्कुलरसँगै केही जिल्लाले सूचना जारी गरेर पुनः कडाइ गर्न थालेका छन्। जिल्ला प्रशासन कार्यालय मकवानपुरले सोमबार सूचना जारी गर्दै जिल्लामा पुनः कडाइ गर्ने जानकारी गराइसकेको छ।
‘नेपालमा समेत पुनः कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको हुँदा सभा, जुलुस, र्याली, भेला, जमघट, गोष्ठि, सेमिनार, बैठक एवं भीडभाड नगर्नू’, मकवानपुर जिल्ला प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ।